काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँड भएको हो।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ७ लाख ७८ हजार १२५ कित्ता सेयरको अन्तिम बाँडफाँड नतिजा सार्वजनिक गरिएको हो ।
कुल २६ लाख १ हजार ८४८ जना आवेदकहरूले २ करोड ७९ लाख ५९ हजार ८६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये दोहोरो आवेदन र अन्य प्राविधिक कारणले केही आवेदन रद्द भई अन्तिम प्रमाणीकरण पछि २५ लाख ५७ हजार ८५५ जना आवेदकहरू मात्र सेयर पाउन योग्य देखिएका थिए ।
मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत सेयर बाँडफाँड गरिएको छ । जसअनुसार ७७ हजार ८१२ जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
यसरी बाँडफाँड गर्दा बाँकी भएको ५ कित्ता, १० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिएका लगानीकर्ताहरुमाझ बाँडफाँड गरिएको छ । ५ जना आवेदकले थप एक कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।
कम्पनीले २०८३ वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको थियो ।
लगानीकर्ताहरूले बाँडफाँटको नतिजा सानिमा क्यापिटलको वेबसाइट, निष्कासनकर्ता कम्पनीको वेबसाइट वा सीडीएससीको मेरोशेयर पोर्टलबाट हेर्न सक्नेछन् ।




















प्रतिक्रिया