Logo

अर्थ

बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त आह्वान



काठमाडाैं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि दरखास्त माग गरेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले एक सूचना जारी गर्दै अध्यक्षका लागि दरखास्त मागेको हो ।

समितिकाअनुसार इच्छुक उम्मेदवारले आगामी ७ दिनभित्र अर्थात् जेठ १९ गतेसम्म अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आफ्नो बायोडाटा तथा आवश्यक विवरण बुझाउनुपर्नेछ ।

अध्यक्ष पदका लागि आवेदन दिन चाहने व्यक्तिले बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कानुन, जनप्रशासन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ वा वाणिज्यशास्त्रजस्ता विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा न्यूनतम पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ ।

त्यस्तै उम्मेदवारको नैतिक आचरण राम्रो भएको, कानुनअनुसार अयोग्य घोषित नभएको, उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १०:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।