Logo

प्रमुख समाचार

सर्वोच्च अदालतले भन्यो- गोला प्रक्रियाको विकल्प सोचेको छैन



काठमाडौं । सर्वोच्च अदालतले केही वर्षदेखि इजलास र मुद्दा छनौट गर्न अपनाइएको गोला प्रक्रिया फेरबदल गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्पबारे भइरहेका चर्चा र समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो बताएको हो ।

‘दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन,’ सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १५:१२   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।