Logo

अर्थ

सेयर बजार ४.९९ अंकको वृद्धि, ६ अर्ब ३ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २,७८२ को विन्दुमा कायम भएको छ ।

आज १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीकाे मूल्य घटेको छ ।

आज ६ अर्ब ३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १३.३७ प्रतिशतका दरले कमाएका छन् ।  आज सबैभन्दा धेरै सानिमा डिबेञ्चर २०८९ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६.६४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १५:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।