काठमाडौँ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा दर्ता भएका सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ४२ पुगेको छ। तीमध्ये ५० लाख ६४ हजार ३ सय ६४ मोटरसाइकल रहेका छन्, जुन कुल सवारी साधनको ८१ प्रतिशतभन्दा बढी हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिना (साउनदेखि फागुनसम्म) मा मात्रै २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारी साधन दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म यस्तो संख्या ५९ लाख ६७ हजार ८ सय २१ रहेको थियो ।
देशभर ४ लाख १ सय २२ कार, जीप र भ्यान, १ लाख ९८ हजार १ सय ८१ ट्रयाक्टर तथा पावर टिलर, १ लाख १८ हजार ७ सय ५१ ट्याम्पो, ८८ हजार ७ सय ९० ई–रिक्सा, ७६ हजार १४ बस र १ लाख ३५ हजार ८३२ ट्रक, तथा १३ हजार ८ सय ७३ माइक्रो बस दर्ता भएका छन्।
सङ्घीयता लागू भएपछि सवारी साधनको दर्ता र व्यवस्थापन प्रदेश सरकारको मातहतमा गएको छ ।
तर, कतिपय प्रदेशहरूले दर्ता भएका सवारी साधनको एकीकृत तथ्याङ्क नियमित रूपमा पठाउन नसक्दा राष्ट्रिय स्तरमा सही विवरण सङ्कलन गर्न केही चुनौती देखिएको सर्वेक्षणले औँल्याएको छ।




















प्रतिक्रिया