Logo

राजनीति

नेकपा प्रवक्तालाई प्रमका सल्लाहकारको जवाफ : गाडीमा ढुंगा प्रहार गर्दा नदेख्ने, जिन्दावादको नारा कसरी सुनियोजित भयाे ?



 नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा कार्यकर्ताबाट भएको दुर्व्यवहारबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाउनुभएकाे छ ।

पाण्डेविरुद्ध भएको नाराबाजीको घटनाप्रति विभिन्न टिकाटिप्पणीहरु भइरहेका बेला प्रवक्ता श्रेष्ठले घटनाका बारेमा शनिबार सामाजिक संजाल ट्वीटरमा लेख्नुभएकाे टिप्पणीबारे प्रम ओलीका प्रेस सल्लाहकार थापाले प्रतिपादपूर्ण जवाफ दिनुभएकाे छ ।

शनिबार राप्ति नगरपालिकामा नेकपाको कार्यक्रममा पाण्डे बोलिरहँदा कार्यकर्ताले ‘पार्टी एकता, जबज र प्रधानमन्त्री ओलीको समर्थनमा’ नारावाजी गरेका थिए ।

उक्त घटना सुनियोजित भएको भन्दै नेकपा प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका जनाउनुभएकाे थियाे । उहाँले ट्वीटरमा लेख्नुभएकाे थियाे- ‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ। यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस् ।’

प्रवक्ता श्रेष्ठकाे उक्त वक्तव्यलाई लिएर थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै आपत्ति प्रकट गर्नुभएकाे हाे ।

थापाले ट्वीटरमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिनुहुँदै भन्नुभएकाे छ ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे१ चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ । गज्जब छ१ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।

Capture-5.jpg

प्रकाशित मिति : मंसिर ७, २०७७ आईतबार  १२ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।