Logo

खेलकुद

इन्डोनेसियाले दियो नेपाललाई ११४ रनको लक्ष्य



काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोट खेलमा इन्डोनेसियाले नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको हो ।

इन्डोनेसियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा तीन चौका प्रहार गरिन् । नी लुह देवीले २३ र नी मेड पुत्री सुवान्देवीले १३ रन जोडे ।

निम्ति सकरिनी र देवीले ६५ रनको साझेदारी गरेका थिए ।

नेपालकी मनीषा उपाध्यायले दुई र रीया शर्माले एक विकेट लिइन् ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार १३:३४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।