Logo

अर्थ

सरकारले हुनेले सामाजिक भत्ता छोडौँ, नसक्नेलाई जोडौँ अभियान चलाउने



काठमाडौँ| सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउन आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न आह्वान गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै ‘छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिने घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा उनले भने, “सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ । आर्थिकरूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिकरूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ ।”

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले का अनुसार सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग गर्ने योगदानलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानको ऐक्यबद्धताका रूपमा सम्मान गरिनेछ ।

यसैबीच सरकारले देशभर वितरण हुँदै आएको बाल पोषण भत्ता दोब्बर वृद्धि गर्दै मासिक एक हजार रुपैयाँ पुर्‍याउने घोषणा पनि गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:०६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।