Logo

समाचार

‘बालेन सरकारले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सक्दैन, जनता सचेत हुनुपर्ने समय आयो’



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सीमासम्बन्धी दिएको अभिव्यक्तिबारे अहिले चौतर्फी आलोचना भइरहेको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा ‘नेपालले धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति प्रधानमन्त्री बालेनले दिए ।

त्यसबारे प्रतिक्रिया जनाउँदै संविधानविद् डा. भिमार्जन आर्चायले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति असामान्य र गम्भीर रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै नेपाल भारत सीमा विवादबारे बेलायतलाई प्रवेश गराइनु झनै चिन्ताजनक विषय रहेको दाबी स्पष्ट पारेका छन् ।

‘नेपालले पनि भारतको सिमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन,’ उनले भने ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले भारत पक्षबाट नेपाली भूमी अतिक्रमण भइरहेको विषयलाई थप बल पुग्ने समेत बताए । साथै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सक्दैन वा चाहँदैन भन्ने आशंका व्यक्त गरे । साथै गत निर्वाचनमा रास्वपाले पाएको अभूतपूर्व जनमतबारे सिंगो देश र देशवासी अझै सचेत हुनुपर्ने समेत आएको समेत बताए ।

‘यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ,’ उनले भने ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १८:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।