Logo

समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ



काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका-२६ गोँगबु मित्रनगरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ छ ग्राम ४४० मिलिग्राम र डिजिटल तराजु एक थानसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अर्जुनबहादुर भुजेल र सोही महानगरपालिका-२६ लैनचौर घर भएका २७ वर्षीय सञ्जय गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी निजहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार २१:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।