Logo

sports

आईपीएल २०२६ को उपाधि बेंग्लुरूले जित्यो



काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि रोयल च्यालेन्जर्स बेंग्लुरूले जितेको छ।

गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेंग्लुरू लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।

नरेन्द्र मोदी स्टेडियममा बेंग्लुरूले पाएको १५६ रनको लक्ष्य ५ विकेट गुमाएर १२ बल बाँकी छँदा पूरा गरेको थियो। ओपनर विराट कोहलीले नटआउट ७५ रन बनाए। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए।

अर्का ओपनर वेंकटेश ऐयरले ३२ रन बनाए। उनले १६ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए। बलिङतर्फ रशिद खानले २ तथा मोहम्मद सिराज, कगिशो रबाडा र अर्शद खानले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। त्यस क्रममा वासिङ्टन सुन्दरले ५० रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ०७:४०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।