Logo

विविध

देशभर सवारीसाधनको संख्या साढे ६२ लाख, सबभन्दा धेरै मोटरसाइकल ५० लाख



काठमाडौं। अर्थ मन्त्रालयले देशभर दर्ता भएका सवारीसाधनको संख्या साढे ६२ बढी रहेको तथ्यांक सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालू आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।

चालू आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ वटा दर्ता भएका थिए।

दर्ता भएका सवारीसाधनमध्ये ५० लाख बढी मोटरसाइकल छन्। यसैगरी फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ।

त्यसमध्ये चालू आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो। चालू आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन्।

तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ। गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन्।

इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ।–रासस

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार ०९:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।