काठमाडौं । आर्थिक वर्ष २०८३ /८४ को बजेट सार्वजनिक पछिको पहिलो कारोबारमा सेयर बजारमा दोहोरो अंककाे गिरावट आएको छ । नेप्से परिसूचक २६.७२ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ ।
आज ३५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३३ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ६१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ४३ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले पनि १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बुङगल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । सका लगानीकर्ताले १३.२० प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया