Logo

प्रमुख समाचार

ओली मन्त्री फेर्ने तयारीमा, तर प्रचण्डले किन मानेनन् यस्तो छ भित्रि कुरा !



प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठन भएको एक वर्ष पुरा भएको अवसरमा मन्त्रीहरु हेरफेर गर्ने तयारीमा जुटेका छन् । तर, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने ओलीको यो चाहनामा सहमति जनाएका छैनन् ।

नेकपानिकट उच्च स्रोतका अनुसार सरकारले यो एक वर्षमा आशातित काम गर्न नसकेको जनगुनासो आउन थालेपछि प्रधानमन्त्री ओलीले केही मन्त्रीहरु हेरफेर गरेर भएपनि अघि बढ्ने तयारी गरेका छन् । तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीको उक्त चाहना कुनैपनि हालतमा पूरा गर्न नदिने भएका छन् ।

अध्यक्षद्धय ओली र प्रचण्डबीच अढाई वर्ष एकजनाले र अर्को अढाई वर्ष अर्कोले गरि ५ वर्ष सरकार चलाउने भद्र–सहमति भएको बुझिएको छ । प्रचण्डले आफू प्रधानमन्त्री बन्ने कुरालाई आधार मानेर तत्काल मन्त्री हेरफेर गर्न नहुने अडान लिएका छन् ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ३ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।