Logo

खेलकुद

शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकियाे, म्यान्चेष्टर सिटीलाई फाइदा



इंग्लिश प्रिमियर लीगमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिँदै अंक बाँडेको छ । गएराति भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

वेष्ट ह्यामको मैदानमा भएको खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्न बाध्य भएको हो । खेलको २२ औं मिनेटमा सडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको २८ औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । र, खेल बराबरीमा सकियो । लिभरपुल बराबरीमा रोकिँदा दोस्रो स्थानको म्यान्चेष्टर सिटीलाई फाइदा पुगेको छ ।

बराबरीसंगै लिभरपुलको उपाधि होडमा धक्का लागेको छ । लिभरपुलले शीर्ष स्थानको अग्रता ५ अंकको बनाउने मौका समेत छ । वेष्ट ह्यामसंग अंक बाडेपछि लिभरपुलले २५ खेलबाट ६२ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि छ । सिटीको ५९ अंक छ । ३२ अंक जोडेको वेष्ट ह्याम १२ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ५ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।