Logo

प्रमुख समाचार

बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा



नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने दावी गरेका छन ।

जनसंवाद अभियानअन्तर्गत रामेछापको सदरमुकाम मन्थली आएका डा भट्टराईले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताए । उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्टिकोण आवश्यक भएको उल्लेख गरे ।

राज्यसत्ता चुनाव गर्ने र बीचका बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेकाले त्यसबाट बाहिर निस्कन पुरानो संरचना तोड्नुपर्ने उनको भनाई थियो ।

भट्टराई जनसंवाद अभियानअन्तर्गत पूर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्यपहाडी लोकमार्ग हुँदै नवौँ दिनका दिन रामेछाप पुगेका हुन् । एकमहीने अभियानमा निस्किएका भट्टराई बैतडीको झुलाघाटसम्म पुग्ने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ४ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।