Logo

प्रमुख समाचार

देउवा पक्ष र पौडेल पक्षबीच कुरामिले नेविसंघको म्याद थपिने, नत्र आजैबाट विघटन



नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप बारे बुधबारको काँग्रेस केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ । म्याद थप्ने वा नपथ्ने भन्ने विषयमा देउवा पक्ष र पौडेल पक्षबीच कुरा नमिलेपछि गत भदौ महिनामा सकिएको म्याद समेत अहिलेसम्म थप्दै आईएको छ ।

विधानमा नै भने अनुसार म्याद सकिएको ३ महिनासम्म मात्रै कार्यसमितिको म्याद थप गर्नमिल्नेमा केन्द्रीय समितिको बैठकले ५ महिनासम्मको लागि बैठक स्थगित गरेको थियो । यसरी ५ महिनाको लागि थपिएको म्याद समेत माघ २ गते सकिएको थियो ।

माघ २ गते सकिएको म्याद माघ १० गते बस्ने केन्द्रीय समिति बैठकको निर्णय अनुसार हुने भनिएकोमा १० गतेपछिका पटक पटकका बैठकमा समेत नेविसंघको कार्यसमितिको समयबारे केही निर्णय हुन सकेको छैन ।

बुधबार केन्द्रीय समिति बैठक काँग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठकको बीचमा नै पत्रकारहरुसँगको कुराकानीका क्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको म्याद थपको विषयमा विधानको व्यवस्था नै पढेर सुनाए ।

उनले बुधबारको केन्द्रीय समिति बैठक म्याद थपको विषयमा सहमत भएमा मात्रै नेविसंघको म्याद थप हुने नभए यो बुधबारदेखि नै विघटन हुने जानकारी दिए । काँग्रेसभित्रको सबै गुटमा यो सहमती भएको खण्डमा मात्रै बुधबार नेविसंघको म्याद थप हुने बुझिएको छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ११ : ०९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।