Logo

अर्थ

मन्त्रीको सम्पत्ति : यो आर्थिक वर्षको विवरण गोप्य



नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि सरकारले ७ महिनासम्म गोप्य राखेको छ ।

मन्त्रीहरुले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पत्ति विवरण बुझाइसकेका छन् ।  गत वर्ष सम्पत्ति विवरण सार्वजनिक गरेपछि केही मन्त्रीहरुको आलोचना भएको थियो । उनीहरुको आर्थिक स्रोतमै प्र्रश्न उठेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गर्ने भएकाले आफू अनभिज्ञ रहेको तथा धेरै बोल्न नसक्ने बताए । नयाँ पत्रिका दैनिक

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ५ : १० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।