नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले हालै सम्पन्न महासमिती बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा संसद पुनर्स्थापनाको प्रसंग कहिकतै उल्लेख नहुनु दुखद भएको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै कोइरालाले इतिहासका तथ्यहरुलाई नजरअन्दाज गर्ने काम गरेर शान्ति प्रक्रियाका महानायक तत्कालिन पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अपमान गर्ने काम भएकोमा कोइरालाले गम्भिर असन्तुष्टी राखे। उनले भने, ‘ संसद पूनस्थापना नभएको भए न गणतन्त्र आउॅथ्यो न संघियता आउँथ्यो। आज प्राप्त सबै उपलब्धीहरू त्यही पूनर्स्थापित संसदको जगमा भएको हो।’
७७ वटै जिल्ला सभापती र अधिकांश महासमिती सदस्यहरू समेतले उठाएको मुद्दाको संबोधन गरिनुपर्ने कांग्रेस नेता कोइरालाले बताए । उनले केन्द्रीय समितिमा रहेका सबैजना बुथबाटै निर्वाचित हूने प्रावधान राखिनुपर्ने बताए। हामी केन्द्रीय समितिमा रहेकाहरूले आफू अनूकूल नियम बनाउॅदा बिधी र प्रक्रियामाथी बलमिच्यॉई भएको छ। समावेशी कोटाबाट एकपटक मात्रै केन्द्रीय समितीमा चुनाव लड्न पाउँने ब्यवस्था कायम गरिनुपर्ने पनि उनले बताए। एकै ब्यक्ति पटकपटक समावेशी कोटाबाट चूनाव लड्दा नयॉ ब्यक्ती कसरी केन्द्रीय समितिमा आउॅछ उनले थपे।
बिधानको धारा ७२(४) अनूसार तत्कालै प्रादेशिक, क्षेत्रिय, प्रदेश र स्थानिय तहस्तरिय बिधान अनूसार नै निर्वाचनको माध्यमबाट गठन गरिनुपर्ने उल्लेख गर्दै तदर्थबादले अब संगठन चल्न नसक्ने ओलीले बताए।बिधानले दिएको समय सिमा २०७६ फागुन भित्रै १४औं महाधिवेशन सम्पन्न गरिनुपर्ने कोइरालाले बताए।
दुई तिहाईको आडमा सरकारले संसदबाट कम्युनिष्ट मैत्री ऐनहरु ल्याईरहेको प्रसंङग उल्लेख गर्दै त्यस्ता कार्यहरूको शसक्त बिरोध गरिनुपर्ने बताए। अर्कोतर्फ समायोजनका नाममा अहिले लोकतन्त्र पक्षधर कर्मचारीहरूलाई दुख दिने काम गरेको उनले बताए। कोइरालाले भने यसमा पार्टीको धारणा सार्बजनिक हुनुपर्छ।
वाईडबडी, बूढीगण्डकी, मेलम्ची जस्ता बिषयमा सरकार चरम भ्रष्ट्राचार भएको छ। यसलाई हामीले जनतासमक्ष लैजान जरूरी रहेको वैठकमा कोइरालाले सुनाए।
नैनसिंह महर नेतृत्वको कार्यसमिति बिघटनको चर्चा भइरहँदा निर्वाचित संस्थालाई भङ्ग गर्न हुँदैन भनेर आफूले सुशिल कोइरालाको पालामा भनेको कोइरालाले स्मरण गराए। अहिले पनि शिर्ष नेताहरू नेबिसंघ लगभग भङ्ग गर्ने मूडमा पूग्नूभएको छ। सभापतीजीले प्रधानमन्त्रीसॅग स्वबियू निर्वाचनका बारेमा कुरा गर्नुभएको छ भन्ने सूनियो, के कूरा भयो ? बाहिर केही जानकारी आएको छैन। स्वबियू निर्वाचनको मूखमा नेबिसंघ बिघटन गर्दा राम्रो सन्देश जाँदैन।
प्रतिक्रिया