नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ ।
प्रदेशका इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश कमिटीका पदाधिकारी एवं सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा गण्डकी प्रदेशका अध्यक्ष हीतराज पाण्डे र सचिव गोविन्द नेपालीसहित कूल १८९ सदस्यीय प्रदेश कमिटी गठन गरिएको हो ।
प्रतिक्रिया