नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म र भावना विपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा पूर्वमहान्याधिवक्ता मुक्तिराम प्रधानद्धारा लिखित ‘न्यायिक समितिःकार्यबिधि र प्रक्रिया’ पुस्तक बिमोचन गर्दे प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्दे संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।
प्रचण्डले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे । उनले हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समूुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको स्पष्ट पारे ।
तर, पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्नेतिर कतिपय कदमहरु अगाडि बढेकाले त्यसमा प्रश्न खडा भएको बताए । पार्टी एकतापछि माओवादीको अस्तीत्वलाई नै मेटाउने काम भएको आरोप लगाउदै प्रचण्डले त्यसो गरिए फेरि अर्को माओवादी जन्मने चेतावनी पनि दिए ।
प्रतिक्रिया