सरकारी गाडि जलाएको आरोपमा हिरासतमा परेका नेविसंघका नेता साधारण तारिकमा रिहा भएका छन् । पोखरामा सरकारी सवारी साधनमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेविसंघ नेता परशुराम बस्नेत, डिफान भुजेल, बिनय पौडेललाई शुक्रबार जिल्ला अदालत कास्कीले साधरण तारिकमा रिहा गरेको हो । प्रहरीले उनिहरुलाई १९ गते पक्राउ गरेको थियो ।
रिहा भएका नेताहरुलाई नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष डिल्लीराम सुवेदी, केन्द्रीय सदस्य नवराज त्रिपाठी लगायतले स्वागत गरेका हुन् । उनिहरु पोखरामा पुगेर स्वागत गरे । सरकारको गलत कामको बिरुद्ध नेपाल विद्यार्थी संघले देशभर प्रर्दशन गर्दै आएको थियो ।
यसअघि नेविसंघ केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक डिल्लीराम सुवेदी तथा सहमहामन्त्री एवम सदस्य सचिव हरिहर शर्माले संयुक्त बक्तव्य निकल्दै नेविसंघ कार्यकर्ताहरु रिहाइको माग गर्दै शैक्षिक संस्था बन्द गर्ने लगायतका विभिन्न दवावमुलक कार्यक्रम घोषणा गरेका थिए ।
प्रतिक्रिया