नेपाल कम्युनिष्ठ पार्टी(नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भ्रष्टाचारको प्रवृतिलाई समाप्त गर्न भ्रष्टाचारीहरुलाई नाङ्गेझार पार्ने बताएका छन् ।देशमा बिद्धमान धनी र गरिबबीचको खाड्ल तथा भेदभावलाई समाप्त गरी सम्पुर्ण नेपालीलाई सुखी, देश र समाजलाई सम्पन्न बनाउन लागेको उनले बताएका हुन् ।
उनले भने, ‘एउटा वर्ग र समुदाय धनी भएको भयै छ अरु बाँकी समुदायहरु श्रम गरेर पनि पेट पाल्न सक्ने अवस्थामा सधैभरी अल्झिने अवस्था रहेकोे छ । त्यसो हुनाले समाजको यो विकृति र विसंगत प्रवृतिहरुलाई चूनौती दिनका लागि आधारशिला बढाएको कदम प्रशंसनीय छ ।’
महोत्तरीको बर्दिबासमा आयोजित सामूहिक रुपान्तरणका लागि १६ औं आधारशिलाको वार्षिकोत्सवमा आयोजित समारोहमा बोल्दै वरिष्ठ नेता नेपालले सहकारिता र सामुहिकता साना–साना पुँजी भएको व्यक्तिलाई जम्मा गरेर उनीहरुकै समस्याहरुलाई सोही पुँजीबाट हलको प्रयास गर्न कही बचत, कही सामुहिक, ऋण र कही उपभोक्ता सहकारीको माध्यमबाट जीवनस्तर बढाउनुपर्नेमा जोड दिए । उनले सहकारीलाई प्रोत्साहद दिएर सहकारी र सामूहिकताको माध्यमबाट एउटा एउटा व्यक्तिलाई समुहमा आवद्ध गरेर उत्पादन क्षेत्रलाई बढाएर सरसमानको विक्रि वितरणबाट फस्टाउँदै धनी र गरिब बीच खाडल अन्त्य गर्न सकिने उनको तर्क थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले चिनमा कम्युल प्रणाली लागु भएपनि सफल हुन नसकेको स्मरण गर्दै काम गर्ने र नगर्नेले समान पारिश्रमिक पाउने हुनाले काम नगर्ने प्रवृति हाबी भएको बताउँदै उनले भने, ’हामीले कम्युनिलबाट शिक्षा लिएर राज्यको पैसा, जग्गा तथा अन्य सुविधा लिएर पनि आफुले कम मेहनत गरेको छ, भने त्यसलाई सफल उदाहरण भन्न सकिदैन ।’
बार्षिकोत्सव समारोह कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, प्रदेश २ का अध्यक्ष प्रभु साह, संयोजक सत्यनारायण मण्डल सहित प्रदेश सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया