Logo

प्रमुख समाचार

सुुशिल कोइरालाको तेस्रो स्मृति दिबसको अबसरमा दीप प्रज्वलन सम्पन्न



नेपाली काङ्गेसका पूर्ब सभापति सन्त नेता तथा संविधानका पिता पूर्ब प्रधानमन्त्री सुशिल कोइरालाको तेस्रो स्मृति दिबसको अबसरमा कोइराला निबास महाराजगंन्ज चक्रपथमा दीप प्रज्वलन सम्पन्न भएको छ ।

सुशिल कोइराला सोसलीष्ट युथ सर्कल तथा नेपाल बिधार्थी संधको संयुक्त आयोजनामा भएको कार्यक्रममा शिक्षक संधका अध्यक्ष मोहन ज्ञावली नेपाल बिधार्थी संघका पूर्ब महामन्त्री गजेन्द कार्की, नेपाल बिधार्थी संघका उपाध्यक्ष निलकण्ठ रिजाल लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

नेपाली काङ्गेसका पूर्ब सभापति सुशिलदाको नाममा देशैभर दीप प्रज्वलन हुनुपर्ने तर त्यो हुन न सकेकोमा दुख व्यक्त गर्दै मोहन ज्ञावलीले आयोजकलाई धन्यबाद दिए । सुशिलदाको कारणले मात्र देशले संविधान पाएको समेत स्मरण गराए । सुशिल कोइराला जस्तो सन्त नेता काङ्ग्रेसमा अब सायदै नजन्मिने र उनले गरेको कामको प्रशन्सा समेत गरे ।

नेपाल बिधार्थी संघका पूर्ब महामन्त्री समेत रहेका गजेन्द कार्कीले कोइरालाले देशका लागि गरेका महत्वपूर्ण काम देशको संविधान निर्माण हो उहाँ संविधानका पिता हुनुहुन्छ उहाँलाइ काङ्ग्रेसले मात्र हैन देशले पनी बिर्सन नहुने स्मरण गराए ।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  २ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।