एजेन्सी – स्पेनिस ला लिगामा एथ्लेटिको बिल्वाओले रियल बेटिसमाथि ४–० को सहज जित निकालेको छ ।
एथ्लेटिक जितमा एन्डर कापा, इकर मुनिएन र एलेक्स बेरेनगुएरले समान एक गोल गरे भने एक गोल उपहार पाएको थियो । पहिलो र दोस्रो हाफमासमान २–२ गोल भएको थियो ।
एथ्लेटिको घरेलु मैदान सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको नवौं मिनेटमा भिक्टर रुइजको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ३३औं मिेनटमा एन्डर कापाले गोल गर्दै एथ्लेटिको अग्रता दोब्बर पारे ।
५९औं मिनेटमा इकर मुनिएनले गोल गर्दै बिल्वाओलाई सहज जिततर्फ अघि बढाए । ६८औं मिनेटमा एलेक्सले गोल गर्दै एथ्लेटिकोलाई ४–० को सहज जित दिलाए ।
यो जितसँगै एथ्लेटिको ९ खेलबाट १२ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित रियल बेटिस १० खेलबाट १२ अंकसहित १२औं स्थानमा रहेको छ ।




















प्रतिक्रिया