राष्ट्रिय सभागृहमा आयोजित समारोहमा बेरोजगार युवालाई कम्तिमा वर्षको १०० दिन रोजगारीको ग्यारेन्टी गर्ने उद्देश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रमको औपचारिक घोषणासँगै अब बेरोजगार युवाहरूको तथ्याङ्क संकलन गर्ने र प्रत्येक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रले बेरोजगारको तथ्याङ्क संकलन र रोजगारदातासँग समन्वय गरी रोजगारी दिलाउने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन ३१ गते राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ छ । यदि कुनै पनि सूचीकृत बेरोजगारले एकदिन पनि रोजगारी पाएन भने दैनिक ५१७ रुपैयाँलाई १०० ले गुणन गरी २ ले भाग गर्दा हुन आउने रकम निर्वाह भत्ताको रूपमा पाउँछ ।
प्रतिक्रिया