Logo

टिप्पणी

राजाबादी र हिन्दुवादी किन ताते ?



हिन्दु राष्ट्रको पुनस्र्थापना र राजसंस्थाको पुनर्वहालीका लागि हिन्दुवादी र राजाबादी तात्ने भएका छन् । अहिलेको राजनीतिक अवस्थामा यी दुवै विषयबस्तुको खाँचो रहेको भन्दै उनीहरुले संघर्षका कार्यक्रम गर्ने भएका छन् ।

राप्रपा नामका पार्टीलाई जनताको पार्टी बनाउनुपर्छ र सबैको मन जितेर नयाँ ढंगले अघि बढ्नुपर्छ भनेर अभियान चलाउँदै आएका प्रदीपबिक्रम राणाले यही साताबाट नयाँ कार्यक्रम थालनी गर्ने बताए । ‘अब हामी चरणबद्ध अभियान चलाउँछौं, राजसंस्था र हिन्दुराष्ट्र किन चाहियो भन्ने प्रष्ट पार्छौं’ राणाले भने ‘ हिजो एकजना राजा हुँदा सबै बिग्रियो भन्नेहरु अहिले धेरै राजा पालेर बसेका छन् ।’

राणासहित वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई, शिव सेनाका अनिल बस्नेतलगायतले काठमाडौंका विभिन्न ठाउँमा एक महिनासम्म सचेतना भेला गर्ने तयारी गरेका छन् । राणाले कुनै पार्टी र समूहको कार्यक्रम नभई देश बचाउने अभियान भएको बताए । प्रत्येक जिल्लाबाट मानिसहरु काठमाडौं उतार्ने योजना छ उनको ।

‘कुनै पनि बहानामा देश बिगार्न पाइदैन, यो कुनै पार्टीको पेवा होइन त्यसैले खतरा महसुश भएको छ’ राणाले भने ‘ राजसंस्थाको खाँचो भएको छ भनेर मानिसहरु भन्न थालिसकेका छन्, दलको गतिविधि देखेर जनता दिक्क भएका छन् ।’ पूर्वराजालाई राजा नै भन्ने उनी तराइमा भएको पूर्वराजाको भ्रमणबाट जनतामा र राजसंस्थामा पनि उत्साह छाएको बताए । राजसंस्थाको लागि भनेर ठेक्का लिएका पार्टीहरुले राजसंस्थाको नाम बेचेर स्वार्थमात्र लिएको र अन्तिममा अलपत्र पारेर छोडिदिएको बताए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार  १० : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।