Logo

प्रमुख समाचार

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले किन दिए राजीनामा ? खुल्यो भित्रि रहस्य !



सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा मार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्। प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर जबरा नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्ने बाहेक अन्य भूमिका नपाएका जोशीले आज राजीनामा दिएका हुन्।

साउन तेस्रो साता प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो तर संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहेका थिए।

तर, चोलेन्द्र शम्शेर जबरा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको थियो। संसदीय समितिको सर्वोच्चतालाई आधार मान्दै नव नियुक्त प्रधान न्यायाधीशले उनलाई कुटनीतिक शैलीमा राजीनामाको बाटो सुझाइ सकेका थिए।

प्रधान न्यायाधीशमा सिफारिस भएपछि राणाले संसदीय सुनुवाइ समितिमा संसदीय समितिको निर्णयको सम्मान गर्ने बताएका थिए।त्यसैअनुसार न्यायाधीश जोशीका पहिलो दिनदेखि नै कुनै पनि इजलास तोकेका थिएनन्।

२०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रवेश गरेका जोशी गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा कायम मुकाम प्रधानन्यायाधीशमा चयन समेत भएका थिए। उमेरका आधारमा आगामी जेठ सम्म उमेर हदका आधारमा उनको पदावधि बाँकी नै थियो।

प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार  १२ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।