Logo

अर्थ

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित



काठमाडौं । कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ ३१ गते बुधबार आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सभा सम्पन्न भएको हो ।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाले बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी सभाबाट बाह्रय लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभामा साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार १६:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।