काठमाडौं। बाढीले बगाएर ल्याएको क्रुजसिप नारायणी नदीमाथिको पुलमुनि अड्किएपछि पुलमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने पुलमा आवागमन रोकिएसँगै पूर्व–पश्चिम राजमार्गको यातायात प्रभावित भएको छ।
पुलभन्दा करिब १ सय मिटर माथि बाँधेर राखिएको क्रुजसिप आइतबार अपराह्न बाढीले बगाएर ल्याएको थियो। बगेर आएको क्रुजसिप पुलमुनि अड्किएपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको हो।



















प्रतिक्रिया