Logo

समाचार

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन



मकवानपुर । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ।

नेपाल सरकारको निर्देशनअनुसार कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गर्न थालिएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए।

सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति ६ पोका नुन, ६ किलो चिनी, ५ लिटर तेल र ५ किलो मैदा बिक्री गर्ने व्यवस्था गरिएको अधिकारीले बताए।

उनका अनुसार बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा २ रुपैयाँ, मैदामा ७ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ।

कार्यालयका अनुसार सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने व्यवस्था आगामी तिहारसम्म जारी रहनेछ।

 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २१:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।