Logo

मौसम

राति हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना



काठमाडौं । देशमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

बुधबारदेखि भने मौसममा थप बदली आउने पूर्वानुमान गरिएको छ। बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, पहाडी क्षेत्रका केही स्थानमा तथा कोशी प्रदेशको तराई क्षेत्रमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

 

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार २१:०४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।