काठमाडौं । नेपालको कृषि तथा एक्वाकल्चर (मत्स्यपालन) क्षेत्रको कम्पनी बिराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रचलित कानुनको अधिनमा रही भविष्यमा जारी गर्ने आईपीओको सम्पूर्ण संस्थागत परामर्श तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत बिराट एग्रीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिणत गर्नेदेखि शेयर निष्काशन गर्नेसम्मको आवश्यक परामर्श उपलब्ध गराउनेछ ।
मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गरिरहेको बिराट एग्रीले इटहरी-१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत माछाको दाना उत्पादन गर्दै आएको छ।
कम्पनीले सार्वजनिक शेयर निष्काशनबाट प्राप्त हुने पूँजीलाई आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा मूल्य अभिवृद्धि गरिएका माछाजन्य प्रजाति उत्पादनका लागि फिस प्रोसेसिङ तथा फिलेटिङ प्लान्ट स्थापना गर्न र पशुपंक्षीका लागि दैनिक १० टन क्षमताको नयाँ पेलेट फिड प्लान्ट निर्माण गर्न परिचालन गर्ने लक्ष्य लिएको छ।



















प्रतिक्रिया