Logo

प्रमुख समाचार

कांग्रेस कार्यकर्ताको मुटु हल्लिने गरि आयो सुजाताको यस्तो फैसला



नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिले देशभरिका नेता तथा कार्यकर्ताको मनमा चिसो प्रवेश गराइदिएको छ ।नेतृ कोइरालाको अभिव्यक्तिपछि कांग्रेसका गाउँका कार्यकर्ताले चिन्ता जनाएका छन् ।

नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारले लिने कि बाहिरबाट लिने भन्ने विषयमा बहस भैरहेका बेला कांग्रेस नेतृ कोइरालाले आफू सक्रिय राजनीतिबाट केही पछाडि हटेको संकेत गरेकी छिन् ।स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी कोइरालाले कांग्रेसको सक्रिय राजनीति गर्न आफूभित्र लोभ नरहेको बताएकी हुन् । उनले सक्रिय राजनीति नगर्ने बताएकी छिन् ।

आफ्नो स्वास्थ्यका कारण कांग्रेसलाई सहयोग गर्ने तर सक्रिय राजनीति नगर्ने बताएकी हुन् ।नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ कोइराला कांग्रेसको सभापति वा अन्य पदाधिकारीमा आफूले उम्मेदवारी नदिने बताइन् ।

उनले कांग्रेसको नेतृत्व कोइराला परिवारले नै पाउनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताइन् । नेतृ कोइरालाले भनिन्, ‘कांग्रेसलाई बुझेको नेता तथा कार्यकर्ता चिन्न सक्ने । सिद्धान्तलाई पालना गर्ने । देश र जनताप्रति इमान्दार व्यक्तिले कांग्रेसको नेतृत्व लिनुपर्छ ।’

कांग्रेसभित्र सुद्धीकरण आवश्यक रहेको कोइरालाको भनाइ छ । ‘कांग्रेसलाई ठूलो र मजबुद पार्टी बनाउन सबै नेताहरू मिलेर जानुपर्छ’, उनले भनिन्, ‘कांग्रेसले मात्रै विकास गर्छ । देश र जनताको इच्छा बुझ्न सक्छ ।’कांग्रेस पार्टीका मुख्य पदमा नबस्ने भन्दैमा आफू कांग्रेसबाट बाहिर जान खोजेको अर्थ नलगाउन पनि उनले आग्रह गरिन् ।

‘मलाई कांग्रेसको सभापति, पदाधिकारी, प्रधानमन्त्री वा मन्त्री कुनै पनि पद चाहिएको छैन । कांग्रेस बलियो हुनुपर्छ । कांग्रेसलाई बलियो बनाउनुपर्छ’, नेतृ कोइरालाले भनिन्, ‘जीपी कोइराला फाउण्डेसनतिर लागेको छु । मेरो स्वास्थ्यले पनि सक्रिय राजनीति गर्न साथ दिँदैन । बाहिर जाँदा इन्फेक्सन हुन्छ ।’

नेतृ कोइरालाले कांग्रेसलाई मिलाएर लैजान सबैसँग अपील गरिन् । नेपाली कांग्रेसका केही नेताहरूले पार्टीलाई नै असर पर्ने गरेर दिएका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाइन् ।

प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार  १ : ०२ बजे