Logo

आजको तस्बिर

पोखरामा राजसंस्थाका पक्षमा “राजा आउ देश बचाउ ” नारा लगाउँदै विशाल प्रदर्शन



नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् ।बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए । 

केही महिनाअघि केही युवाले पोखरा मानवअधिकार चोकमा प्रदर्शन गर्दै भनें, ‘देश संकटमा पर्‍यो । केपी ओली हटाउन पाइँदैन् ।’ कोरोना कहरकैबीच असार १९ गते नेकपाको चरम विवादका कारण पार्टी र सरकार नै संकटमा परेको भन्दै प्रधानमन्त्री शर्मा केपी ओली सरकारको समर्थनमा प्रदर्शन भएको थियो ।

पहिले धेरै कार्यक्रम भइरहने त्यही मानवअधिकार चोकमा कोरोना कहरमा भने प्रधानमन्त्री ओलीको समर्थनमा भएको कार्यक्रमपछि बुधबार अर्काे प्रदर्शन भयो । तर, बुधबारको प्रदर्शन नितान्त फरक थियो । राजसंस्थाको पक्षमा नारा लगाउँदै मानवअधिकार चोकबाट प्रदर्शनकारीले भने, ‘संघीयता चाहिँदैन । राजा आउ, देश बचाउ ।

127207990_2741963496043478_8096274923919526733_n.jpg

नेकपाको विवाद र कोरोना कहरमा सरकारको काम प्रभावकारी नभएकै मौका छोपेर पोखरामा राजसंस्थाको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले भनिरहेका थिए, ‘देशमा गणतन्त्र ल्याएको १४ वर्षसम्म पनि नेताले चेतेनन् ।’

अमरसिंह चोकबाट सुरु भएको मोटरसाइकल तथा गाडीको र्‍याली पोखराको विभिन्न ठाउँ परिक्रमा गर्दै चिप्लेढुंगास्थित मानवअधिकार चोक आइपुगेको थियो । र्‍यालीमा सयौं मोटरसाइकल तथा गाडी थिए । कोरोना संक्रमणको प्रवाह नगरी मानवअधिकार चोकमा संघीयता र सरकारको बिरोधमा नारा लागेको थियो ।

गणतन्त्र, संघीयता, धर्मनिपेक्षता खारेज गरेर हिन्दुराज्यसहितको राजसंस्थाको पक्षमा प्रदर्शनकारीले नारा लगाएका छन् । पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका तस्वीर टाँसेर युवा र्‍यालीमा निस्किएका थिए ।

सरकार र विभिन्न पार्टीको ध्यानाकर्षण गराउन भन्दै तत्कालीन पश्चिमाञ्चल क्षेत्रबाट मानिसलाई प्रदर्शनकै लाथि पोखरा ल्याइएको हो । हिन्दुराज्य र राजसंस्था चाहनेहरुले यसलार्य आन्दोलनकै रुपमा लिएका छन् ।

127199464_781788275733707_5102705967197904405_n.jpg

‘देश संकटको अवस्थामा छ । अब देशलाई राजसंस्थाले मात्र निकास दिन सक्छ,’ शिवसेना नेपालका अध्यक्ष अनील बस्नेतले र्‍यालीपछि जम्मा भएको भीडलाई सम्बोधन गर्दै भने, ‘यो पार्टी बनाउने, संगठन बनाउने कार्यक्रम होइन । यो नेपाल र नेपाली बनाउने कार्यक्रम हो ।’

बस्नेतले १४ वर्षपद्धि अब यो व्यवस्थाको बिरुद्धमा आन्दोलन सुरु भएको बताए । ‘१४ वर्षपछि नेपाली जनता भ्रमभन्दा माथि उठेको बुझेका छौं । किनकि नेपाली जनता आन्दोलित हुनुभएको छ,’ बस्नेतले भने ।

राजसंस्थाको पक्षमा भएको प्रदर्शनमा अहिलेका पार्टी र सरकारको कामबाट चित्त नबुझेका मान्छेहरु पनि पुगेका थिए । ‘यो प्रदर्शन राजसंस्था चाहानेहरुको मात्रै हो भनेर बुझ्नु हुँदैन,’ तनहुँदेखि प्रदर्शनमा आएका अजय बस्नेतले भने, ‘यो त सरकारको काम र अहिलेको पार्टीप्रतिको बितृष्णा पनि हो ।’

समृद्धिको सपना देखाएर सरकार सत्ता र कुर्चिकै मोहमा रमाइरहेका बेला भएको यो प्रदर्शनले एक पटक दलहरुलाई झस्काउने राप्रपाका नेता सञ्जयजंक कार्की बताउँछन् । ‘जनता सरकारसँग रुष्ट छन् । गणतन्त्र र संघीयतापछि सुखको आश गरेका जनताले दुखैदुख भोगेका छन् । त्यसैले पनि यो व्यवस्थाप्रति नै मान्छेहरु खुसी छैनन्,’ कार्कीले भने ।

यो आन्दोलन र प्रदर्शनले देशमा राजसंस्था सजिलै फर्किन सम्भव नभए पनि दलहरुले यो व्यवस्थालाई कसरी प्रयोग गरिरहेका झन् र त्यसले कस्तो परिणाम देखाइरहेको छ भन्ने सन्देश भने दिएको ज्ञानेन्द्र कार्कीले बताउँछन् ।

126984406_734390444173121_769783757674262985_n.jpg

अहिलेको दलले जनताको विश्वास जित्ने गरी नयाँ राजनीतिक कुरा दिन नसकेका कारण पनि यस्ता प्रदर्शनलाई बल पुग्ने पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्र अध्यापक दीपक पराजुली बाए ।

‘राजनीतिक समाज पानीजस्तो हुन्छ । २०७२ सालको संविधानमा हाम्रा राजनीतिक ऐजेण्डालाई स्थापित गर्‍यौं । त्यसयता दलसँग नयाँ राजनीक प्रस्ताव भएन । सत्ता पक्षले नयाँ कुरा ल्याउन सकेन । सत्ता पक्ष आफ्नै घर झगडामा रुमलिइरहेका छन् । बगिरहेको पानी अगाडि जान पाएन भने पछाडि फर्किन्छ,’ अध्यापक पराजुलीले भने, ‘राजसंस्थाको पक्षमा लागेको नारालाई पनि त्यही रुपमा हेर्नुपर्छ । यसलाई दलहरुले गम्भीर रुपमा हेर्नुपर्छ ।

अबको बाटो अहिलेका दलले देखाउन र जनतालाई प्रष्टसँग बुझाउन नसकेकै कारण हिजोकै व्यवस्था ठिक थियो भन्ने धेरैलाई लागेको पराजुलीको भनाइ छ ।

दलको आन्तरिक कलह, विवादमै अल्झिरहनु, सरकारले प्रभावकारी काम देखाउन नसक्नु र कमजोर प्रतीपक्षी दल भएकै कारण पनि यो व्यवस्था बिरोधीलाई बल पुगेको विश्लेषकहरु बताउँछन् ।

को हुन प्रदर्शनमा उत्रने ?

राजसंस्थाको पक्षमा पोखरामा जस्तै केही समयअघि बुटवलमा पनि प्रदर्शन भएको थियो । यो सरकारको बिपक्ष र राजसंस्थाको जयजयकार गर्दै पोखरामा निस्किएको सयौंको भीडमा अधिकांश युवा थिए ।

बुधबार प्रदर्शनका लागि शिव सेना नेपालका अध्यक्ष अनील बस्नेत केही दिनअघि देखि नै पोखरा आएर तयारी थालेका थिए । प्रदर्शनका लागि खर्च र अन्य व्वस्थापनको प्रवन्ध उनैका माध्यमबाट भएको हो ।

प्रदर्शनमा अधिकांश शिव सेवा, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध थिए भने कांग्रेस र अन्य दलका पनि हिन्दुराज्य चाहाने मानिसहरु थिए । यो सरकार र नेतृत्वसँग असन्तुष्ट मानिसहरु पनि प्रदर्शन हेर्न पुगेका थिए ।

कास्की, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङलगायतका जिल्लाबाट गाडी र मोटरसाइकलसहित पोखरा बोलाइएको एक सहभागीले बताए ।

126858756_415127336565997_7627463352352840345_n.jpg

र्‍यालीमा प्रयोग भएका मोटरसाइकल, गाडीका निम्ति इन्धन र आते-जाते भनेर केही रकमको पनि व्यवस्था गरिएको उनले बताए । आयोजकले जतिसक्दो धेरै मानिसलाई सडकमा उतारेर राजसंस्थाको पक्षमा जनलहर देखाउन खोजेको हो ।

राजनीतिसँग नजोडिएको नयाँ पुस्तालाई जोड्ने र अहिलेको सरकार, पार्टीभन्दा त राजसंस्था नै ठिक भन्ने बुझाउन पनि यो कार्यक्रम सहयोगी बन्ने आयोजकको दाबी छ ।

तीन तहको सरकारले प्रभावकारी काम गर्न नसक्दा एउटा राजा फालेर देशमा धेरै राजा पाल्नु परेको धेरै जनताले महसुस गर्दै जाने खतरा बढ्दै गएको सुन्दर खनालले बताए । कसैले चाहँदैमा फेरि राजसंस्था आउँदैन भनेर हलका रुपमा नहेर्न दल र सरकारलाई उनको सुझाव छ ।

 

प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार  १० : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।