Logo

प्रमुख समाचार

ओली सरकार राज्यशक्तिको दुरुपयोग गर्दै पार्टीलाभ कमाउँदै : लोहनी



राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले केपी शर्मा ओली नेतृत्वको सरकारमा देशको विकास गरौं भन्ने उद्धेश्य नै नभएको आरोप लगाएका छन् । लोहनीले देशको शासनलाई ओली सरकारले दलीयकरण गरेको आरोप समेत लगाएका छन् ।

उनले दललाई बलियो पार्न राज्यशक्तिको दुरुपयोग गरेका छन् । देशको बजेट र खर्चमा आकास पातालको फरक भएको भन्दै विकास खर्च निकै न्यून रहेको बताए । स्थायी सरकार भए विकास हुन्छ भन्ने तथ्यलाई ओली सरकारले भ्रमपूर्ण रहेको पुष्टि गरेको पनि लोहनीले बताएका छन् ।

भ्रष्टाचारले गर्दा नै यो सरकारले काम गर्न नसकेको उनको आरोप छ । वाइडबडी विमान खरिद प्रकरणलाई नजिरको रुपमा प्रस्तुत गर्दै नेता लोहनीले नेपाली स्रोत साधनको उपयोग गरेर आफ्नो पार्टी र व्यक्तिगत लाभ पुर्याउन यो सरकारको नेतृत्व लक्षित रहेको बताए ।

उनले भ्रष्टाचारीलाई कार्वाही सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरीत ओली सरकारले छानबिनका लागि छुट्टै कार्यदल गठन गरेको तर तीन जना कसैले पनि पत्रसमेत नपाएर समय सकिएको भन्दै ओलीको नियत अझ स्पष्ट भएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।