राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । राजपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।
राजपाका सांसद तथा टिकापुर घटनाका आरोपी रेशम चौधरीलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेलगत्तै बसेको राजपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
संसदमा राजपा नेपालका १७ जना सांसद छन् ।
दुई तिहाई बहुमत रहेको सरकारले संविधान संशोधन नगरेको तथा मधेश र थरुहट आन्दोलनका बन्दिहरुको रिहाइ नगरेको, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएको र घाइतेहरुको उपचार नगराएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको हो ।
हेर्नुस् राजपाको विज्ञप्ति





















प्रतिक्रिया