Logo

राजनीति

साताव्यापी जिल्ला भ्रमणमा जाँदै सभापति देउवा, २५ गते पोखरा (कहिले कहाँ सुचिमा)



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाको जिल्ला भ्रमणको कार्यतालिका सार्वजनिक गर्नुभएको हो ।

यस्तो रहेको छ सभापति देउवाको साताव्यापी जिल्ला भ्रमणको कार्यतालिकाः

२०७५ फागुन २३ गतेः

सभापति देउवा फागुन २३ गते ९भोली० ११ः १५ बजे काठमाडौंबाट बुद्ध एयरको उडानद्वारा विराटनगर प्रस्थान गर्नुहुनेछ । उहाँले विरेन्द्र सभा गृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सवको उद्घाटन गर्नुहुनेछ । त्यस्तै भोली नै सभापति देउवाले मोरङ्ग जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच हुँदै गरेको छलफल कार्यक्रममा सहभागी जनाउनुहुनेछ ।

साथै भोलिनै उहाँ जिल्लाबाट निर्वाचित ससदहरुसँग छलफल कार्यक्रममा सहभागी भई दिउँसो ४ः १५ बजे बुद्ध एयरकै उडानबाट काठमाडौं फर्कनुहुने कार्यतालिका रहेको छ ।

२०७५ फागुन २४ गतेः

फागुन २४ गते दिउँसो २ः १५ बजे वुद्ध एयरको उडानबाट सभापति देउवा पोखरा प्रस्थान गर्नुहुनेछ ।

२०७५ फागुन २५ गतेः

फागुन २५ गते विहान ९ बजे पोखराबाट हेलिकोप्टरबाट उहाँ म्याग्दीको सिंहा तातोपानी प्रस्थान गर्नुहुनेछ । म्याग्दीको सिंहा तातोपानीबाट सडक मार्ग हुँदै उहाँ बेनी बजार प्रस्थान गर्नुहुने कार्यतालिकामा उल्लेख गरिएको छ । त्यसपछि उहाँले नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन गर्नुहुनेछ ।

२०७५ फागुन २६ गतेः

फागुन २६ गते विहान ९ बजे बेनीबाट सडक मार्ग हुँदै उहाँ पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलन्याश गर्नुहुनेछ । भवनको शिलन्याश गरिसकेपछि उहाँ सडक मार्ग हुँदै बाग्लुङको सदरमुकाम बाग्लुङबजार जानुहुनेछ । जहाँ उहाँ आफ्नो कार्यकर्ताको भेलालाई सम्बोधन गर्नुहुनेछ ।

२०७५ फागुन २७ गतेः

फागुन २७ गते विहान ९ बजे सभापति देउवा बाग्लुङ सदरमुकामबाट सडक मार्ग हुँदै पर्वतको कुश्मा प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले नेपाली कांग्रेस पर्वत जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । जिल्ला सम्मेलनलाई सम्बोधनपछि उहाँ सडक मार्ग हुँदै कुश्माबाट पोखरा फर्कनुहुनेछ । फागुन २८ गते उहाँ पोखराबाट हवाई मार्गबाट काठमाडौं फर्कनुहुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार ०३:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।