नेपालबाट जापानी भाषा पढ्न जाने नेपाली बिधार्थीहरुको क्याप ४ परिक्षामा अनियमितता भएको छ । कन्सलटेन्सी र प्रहरीको मिलोमतोमा २४ सय कुपन बाँडिनु पर्नेमा ८ सय कुपन मात्र बाँडियर बाँकी कुपन नेपाल प्रहरी र ठूला कन्सलटेन्सीहरु मिलेर गायब गरेका छन् ।
प्रहरी र नेपालका केहि ठूला कन्सलटेन्सीहरुले पैसाको पावरको भरमा १२ सय कुपन गायब गरेको बिधार्थीहरुले आरोप लगाएका छन्। एक बिधार्थीले अनलाइनपानालाई भने हिजो रातिदेखी निन्द्रा मायाँ मारेर लाइनमा बसेको अहिले प्रहरीले आफ्ना मान्छेलाइ मात्र भित्र छिराउदै कुपन बितरण गरेको छ ।
हिजो राति नै प्रहरीसँगको मिलोमतोमा जापान पठाउने ठुला केहि कन्सलटेन्सीले १२ सय कुपन गायब गरेपछि बिधार्थीहरु आक्रोसित बनेका छन् । आक्रोसित बिधार्थीहरुको भिडलाइ नियन्त्रण गर्न प्रहरी परिचालन गरीएको छ ।




















प्रतिक्रिया