Logo

प्रमुख समाचार

कार्यकाल लम्ब्याउने पक्षमा म छैन : शेरबहादुर देउवा



प्रमुख प्रतिपक्षमा रहेको ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए।

सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पारे। पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा. शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उनको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताए। “पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उनले भने।

कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो। जिल्ला सभापतिहरुले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको उनले बताए।

सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताए। उनले नेवि संघको तदर्थ समिति चाँडै गठन गरिने बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।