आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंकलिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुखकार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।
सो बैंकअस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैंककाग्राहकहरुले माछापुच्छ्रे बैंकलिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्तगर्न सक्नु हुनेछ ।
आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६७भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमाल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथाआजिवनलगायतकाबीमा योजनाहरू ल्याएको छ ।
आइ.एम.ई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आयभएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमाबिस्तार गर्नु रहेको छ ।




















प्रतिक्रिया