एम् .एस् गुरुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नाइमा ७६ बर्षको उमेरमा निधन भएको छ ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ता अघि थप उपचारका लागी भारत लगीएको थियो । अग्रवाल लामो समय देखि मुटु तथा मृगौला रोगबाट पिडित रहेका थिए ।
अग्रवालका श्रीमती र दुई छोरा , एक छोरी रहेका छन् ।
भोली शुक्रबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि पारिवारिक स्रोतले जनाएको छ ।
उनले एम्.एस् ग्रुप मार्फत नेपालका विभिन्न स्थापित उद्योगहरुमा धागो उद्योग , चिनि उद्योग , तारे होटल र निर्माण लगायतका उत्पादन मुलुक कार्यमा सेवा प्रबाहा गरेका थिए ।




















प्रतिक्रिया