Logo

प्रमुख समाचार

शेखरलाई कुनै कारबाही हुँदैन, बोलेकै भरमा कारबाही गर्ने पार्टी कांग्रेस होईन : सभापति देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलेकै भरमा कांग्रेसमा कसैलाई कारबाही नहुने बताएका छन् । बिहिबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले बोलेकै भरमा कोही कसै नेतामाथि कारवाही गर्ने पार्टी कांग्रेस नभएको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले शेखर कोइरालको प्रसंग उठाउदै भने, ‘मैले दुई पटकसम्म बोलाएर मेरो र पार्टीको विरुद्धमा कुरा नगर्नुस् भनेर सम्झाउँदा पनि उहाँ मान्नु भएन।’ उनले थपे, ‘पार्टी र मेरा विरुद्ध अभियाननै चलाउनुभयो, त्यही भएर मैले पनि उहाँका विरुद्धका कुरा गर्नुपर्ने अवस्था आयो।’

सभापति देउवाले बोलेकै भरमा शेखर कोइरालामाथि कुनै कारबाही नहुने प्रष्ट पारे । विराटनगरमा केही दिनअघि डा. कोइरालाले राजनैतिक संस्कार नभएको भनेर देउवाका बारेमा टिप्पणी गरेका थिए।

सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनको मिति समय र परिस्थितिमा निर्भर हुने बताए । उनले भने, ‘महाविधेशन तोकिएकै मितिमा गर्ने प्रयास भइरहेको छ, तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने हो ।’ उनले परिस्थिति अनुकूल नभए महाधिवेशन सार्न सकिने संकेत पनि गरे ।

उता नेता प्रकाशमान सिंहको घरमा पार्टीका अन्य नेताहरु बीचमा भएको गोप्य बैठकलाई सामान्य रुपमा लिएको उनको भनाइ छ । उनले भने, ‘पार्टीका साथीहरु एक ठाउँ बसेर छलफल गर्नुलाई नराम्रो रुपमा लिन हुँदैन, त्यस्ता छलफल र बैठकले पार्टीभित्र कुनै फरक पार्ने पनि छैन।’

प्रकाशित मिति : फाल्गुन २३, २०७५ बिहीबार  ३ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।