प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई ९ महिनादेखि समर्थन गरिरहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाईराजपाले समर्थन फिर्ता लिएपछि आवेग र उत्तेजनामा नआउन आग्रहको शैलीमा चेतावानी दिएका छन्।
कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई टिकापुर घटनाको दोषी ठहर गर्दै जिल्ला अदालतले बुधवार जन्मकैदको फैसला गरेपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
प्रधानमन्त्रीले शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा अदालतको फैसलालाई लिएर सरकारलाई निशाना बनाएको भन्दै आपत्ति जनाए। ‘अदालतलाई सरकारले निर्देशन दिन मिल्दैन’, उनले भने, ‘अदालतको फैसला बेग्लै कुरा हो। सरकार छुट्टै कुरा हो।’
प्रधानमन्त्री ओलीको अभिब्यक्तिपछि राजपाले कम्युनिष्ट सरकार पूर्व सहमति विपरीत गएको आरोप लगाएको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यसअघिनै अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताएका थिए ।



















प्रतिक्रिया