नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा पछिल्लो समय आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ । देशमा बम प्रकरण देखि लिएर सांसदलाई अपहरण गर्ने सम्मका काम विप्लवले गर्दै आईरहेका छन् ।
शुक्रबार सुदुरपश्चिम प्रदेश सभाका सांसद देवकी मल्ललाई अपहरण मुक्त गरेकै भोलिपल्ट कम्युनिष्ट सरकारले ‘फासिष्ट दमन’ शुरु गरेको भन्दै यस दमनको विरुद्धमा ‘नेपाल बन्द’ आह्वान गर्दै विज्ञप्ति जारी गरेको छ । शनिबार नेकपाका महासचिव विप्लवले जारि गरेको उक्त विज्ञप्तिमा यही फागुन ३० गते नेपाल बन्द गर्न आह्वान गरेका छन् ।
विज्ञप्तिमा विप्लवले आफ्नो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको उल्लेख गर्दै ‘केपी–प्रचण्ड सरकार’ले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको जनाएका छन् ।
उनका अनुसार दमनका क्रममा २३ फागुन बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका–९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पुऱ्याई पुनः सुन्दरीडाँडा जङ्ल लगेर गोली हानी घाइते बनाइएको छ भने अन्य स्थानबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ । विप्लवको विज्ञप्तिमा भनिएको छ– ‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झुट्ठा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’




















प्रतिक्रिया