अस्पतालमा भर्ना भएका विरामीको मृत्यु भएपछि स्वास्थ्य मन्त्रीले पदबाद राजिनामा दिएका छन् ।
सरकारले आर्थिक व्यवस्था गर्न नसक्दा विभिन्न समस्यासंग जुज्दै आएको बेलामा यस्तो समस्या आईपरेको हो ।
यो ट्युनिसियाको घटना हो त्यहाँका स्वास्थ्यमन्त्रीले शिशुहरुको मृत्यु भएपछि पदबाट राजीनामा दिनपरेको हो । नेपालमा भने यसको ठ्याक्कै विपरित रुपमा काम गरिरहेको बेलामा ट्युनिसियाले उदाहरणिय काम गरेको छ ।
त्यहाँको राजधानी ट्युनिसको एक अस्पतालमा ११ नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका हुन् ।
चेरिफको राजीनामा उनको नियुक्तिको ठीक चार महिनापछि आएको हो । मार्च ७ र ८ तारिखको बीचमा सेप्टिक शकको कारण ११ बच्चाहरुको मृत्यु भएको थियो ।
ट्युनिसियाको पेडियाट्रिक सोसाइटले अस्पतालमा संक्रमणको कारण शिशुको मृत्यु भएको हुनसक्ने जनाएको छ ।
प्रधानमन्त्री युसुफ छेडले औषधिलगायतका स्वास्थ्य उपकरण, सरकारी अस्पतालको सेवा र सरसफाइको विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको बताएका छन् ।
ट्युनिसियाको सार्वजनिक स्वास्थ्य सेवा उत्तरी अमेरिकामै उत्कृष्ट मानिन्छ । साथै चिकित्सा क्षेत्र राजश्वको एक प्रमुख स्रोत मानिन्छ ।
तर सन् २०११ मा राष्ट्रपति जिन अल अबिदिनको सत्ताच्युत भएपछि स्वास्थ्य सेवा प्रभावित भएको मानिन्छ । आर्थिक, व्यवस्थापकीय कमजोरीको कारण औषधि अभावलगायतका समस्या ट्युनिसियाले झेल्दै आएको छ । हाम्रो देशका मन्त्रीहरुले पदम बसेर वर्षौ सम्म लुटपात मच्चाईरहेका हुन्छन् ।





















प्रतिक्रिया