Logo

समाचार

पत्रकार ऋषि धमला चढेको कार लैनचौरमा दुर्घटना



रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार ऋषि धमला चढेको कार आईतबार विहान दुर्घटना भएको छ । उनको कार आज विहान करिब साढे पाँच बजेको समयमा दुर्घना भएको हो ।

लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल चालक पनि घाइते भएका छन् । धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् । चालकलाई अस्पताल भर्ना गरिएको छ ।

अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएको थियो । कार र मोटसाइकल दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।

सामान्य घाइते भएपनि धमलाले नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम आइतबार बिहान चलाएका छन् ।

प्रकाशित मिति : फाल्गुन २६, २०७५ आईतबार  ३ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।