Logo

पत्रपत्रिका

महिलाको सम्पति खोस्न अदालतको बठ्याई, दुई व्यक्तिलाई एउटै बनाई खोसियो अंश



एक महिलाको सम्पत्ति लुट्न उच्च अदालतले बठ्याई गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक मान्छेलाई एउटै भनी ति महिलाको आधा अंश लुटेको हो । न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीको इजलासले फरक–फरक व्यक्ति रहेका नन्दकुमारी थापा र रनकुमारी थापालाई एउटै व्यक्ति भनी किटानी गरेको छ ।

अंशसम्बन्धी विवादको मुद्दामा गरिएको आदेशका कारण पतिबाट अंश नपाएर पीडित बनेकी एक महिलाको आधा अंश खोसिएको छ । तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य पीताम्बर थापाका ४ वटी श्रीमती थिए । पहिलो र दोस्रो श्रीमतीलाई विभिन्न आक्षेप लगाउँदै उनले घरबाट निकालेका थिए । पहिलो श्रीमतीकी एक छोरी छिन् । तेस्रो श्रीमतीबाट तीन छोरी जन्मिए ।

यस्तैमा उनले चौथो श्रीमती भित्र्याए र उनका साथमा एउटा छोरा जन्मियो । तेस्री श्रीमती सुकुम थापाले दायर गरेको अंश मुद्दामा चलखेल हुँदै जाँदा न्यायाधीशहरूले ‘रहस्यमय’ आदेश गरेको भेटिएको हो । यो समाचार आजको कान्तिपुर दैनिक छापिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०४:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।