Logo

राजनीति

नेपालमा बिखन्डनको हावा चलाउने केपी ओलीको नियतमाथि चिन्ता गरौं : गगन थापा



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेशका अभियन्ता नेता सिके राउतबारे गत चुनावका बेलामा गरेको दावी मिल्दै गएको छ।

गगन थापाले चुनावका बेलामा गरेको दावीको भिडियो अहिले भाइरल भइरहेको छ । उनले त्यतिबेलै नेपालको राष्ट्रियतालाई सिके राउतभन्दा पनि बढी खतरा केपी ओलीबाट भएको बताएका थिए ।

त्यतिबेला गगनले भनेका थिए, ‘तथ्यले बोलेको छ नेपालको संघीय नक्सा न त प्रचन्डले बनाको हो न त शेरबहादुर देउबाले । केपी ओलीले बनाएको त्यै नक्सा हिजो हामीले फोटोकपी गरेर बाँड्दा राष्ट्रघाती भयौं अनि आज केपी ओलीले त्यै नक्सा बाँड्दा उनी राष्ट्रवादी भए ? तत्कालीन अवस्थामा गगनले भनेका थिए, ‘सिके राउतसंग कोही डराउनु पर्दैन । सरकारले डराएर गिरफ्तार गरेको नि हैन । हल्ला गर्यो भनेर सरकारले गिरफ्तार गरेको हो ।

चिन्ता यस्मा नगरौ, चिन्ता के मा गरौं भने काठमाडौमा चिटिक्क परेर दौरा सुरुवाल लगाएर चोर औला मधेशमा देखाएर यो राष्ट्रघातीले मधेशमा बिखन्डन गरे भनेर नेपालमा बिखन्डनको हावा चलाउने केपी ओलीको नियतमाथि चिन्ता गरौं ।’गगन थापाको त्यो तर्कलाई शुक्रबार भएको सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले झनै पुष्टि गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार ०५:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।