Logo

अन्तर्राष्ट्रिय

विमान दुर्घटना, १ सय ५७ जनाको मृत्यु



यात्रुबहाक इथोपियन हवाई विमान दुर्घटना हुँदा विमानमाा सवार एक सय ५७ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानमा एक सय ४९ यात्रु र ८ जना चालक दलका सदस्य थिए ।

विमानमा विभिन्न ३३ देशका नागरिक सवार रहेको जनाईएको छ। विमान कम्पनीले त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य जिवित नरहेको स्पष्ट पारेको हो ।इथोपियाको राजधानीबाट उडेको ६ मिनेटमै उक्त विमान दुर्घटना भएको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आईतवार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।